पर्सा , साउन १२ –
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपाका संसदीय दलका नेता मंगलबहादुर शाही नियुक्त भएका छन्। प्रदेश प्रमुख यज्ञराज जोशीले मंगलबार साँझ संविधानको धारा १६८(२) बमोजिम उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।
शाहीले नेकपा (१४) र नेकपा एमाले (९) का गरी २३ प्रदेशसभा सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। कर्णालीमा सरकार गठनका लागि २१ सांसदको समर्थन आवश्यक पर्छ।
यसअघि एमालेका मुख्यमन्त्री यामलाल कँडेलले गत शनिबार राजीनामा दिएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको थियो।
४० सदस्यीय कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसका १५, नेकपाका १३, सभामुखसहित एमालेका १० तथा राप्रपा र अन्य दलका १/१ जना सदस्य रहेका छन्।
मुगु प्रदेशसभा–२ बाट निर्वाचित शाही यसअघि कर्णाली प्रदेश सरकारमा भौतिक पूर्वाधार तथा सहकारी विकास मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्।







