वीरगंज, १२ साउन ।
नारायणी अस्पताल वीरगंज र त्यहाँ कार्यरत चिकित्सकहरुमाथि भएको कुटपिट घटनाको छानबिन गर्न गृहमन्त्रालय तथा स्वास्थ्य मन्त्रालयको उच्चस्तरीय टोली वीरगंज आउने भएको छ ।
स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समीर अधिकारीले दुवै मन्त्रालयले समन्वय गरी वीरगंजको घटना सूक्ष्म किसिमले छानबिन गर्न गृहकार्य भएको जानकारी दिए ।
उनले दुवै मन्त्रालय र अन्य सरोकारवाला मन्त्रालयसँग छलफल गरेर उच्चस्तरीय समिति गठन गर्ने तयारी रहेको बताए । स्वास्थ्यकर्मीहरुलाई सहज रुपमा काम गर्ने वातावरण काम गर्ने वातावरण बनाउन हामीले पहल गरिरहेको उनले बताए । सेवाप्रदायक, सेवाग्राही, सुरक्ष्Fा निकाय, मृतक परिवार, सञ्चारकर्मीसंग लगायतसंग बुझेर दोषीलाई कारबाही गर्ने बताए ।
यस विषयमा नारायणी अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहले नेपाल मेडिकल काउन्सिलको टोली हिजो आएर मृतक परिवार, चिकित्सक, सुरक्ष्Fाकर्मीहरुसंग छलफल गरेको बताए ।
पर्साका सांसद हरि पन्तले गृह मन्त्रालयको टोली आज सुनसरी गएको र भोलि बुधवार बिहान वीरगंज आउन सक्ने बताए । बुधवार गृहमन्त्रालय र स्वास्थ्यकर्मीहरुको उच्चस्तरीय टोली वीरगंज आउने र घटनाबारे छानबिन समिति गठन गर्ने तयारी भइरहेको बताए ।






