वीरगंज, १२ साउन ।
नेत्रहीन क्रिकेट संघ, मधेश प्रदेशको ५औं वार्षिक साधारण सभा तथा दोस्रो महाधिवेशन वीरगंज–९ स्थित होटेल गेटवेमा सम्पन्न भएको छ। अधिवेशनले महेश साह कानुको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।
नयाँ कार्यसमितिको अध्यक्षः महेश साह कानु, उपाध्यक्षः विभा कुमारी मण्डल, महासचिवः छोटी शेर्पा, कोषाध्यक्षः पृथ्वी तामाङ, सदस्यहरूः संगीता कुँवर, आदित कुमार चौधरी, कविता चौधरी (दुर्ई जना), र रन्जित कुमार रहेका छन्् ।
प्रमुख निर्वाचन अधिकारी पत्रकार युवराज खड्का, मार्टिन मोक्तान र लालबाबु सिंहले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई खादा ओढाएर बधाई तथा शुभकामना व्यक्त गरेका थिए।
अधिवेशनले नगुमोस् है कतै हाम्रो पहिचान, समावेशी, समानता एवम् समतामूलक समाजको निर्माण, ूदबिएको आवाज बुलन्द होस, अपाङ्गता अधिकार हनन नहोस तथा स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने सन्देश प्रवाह गरेको छ।
पर्साका सहायक जिल्ला अधिकारी कृष्ण चापागाईंको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सिद्धार्थ बैंक वीरगंजकी श्वेता मानन्धरले अन्तर्राष्ट्रिय महिला क्रिकेट खेलाडी मनकेशी चौधरीलाई खादा ओढाएर सम्मान गर्नुका साथै रू ५,००० नगद सहयोग प्रदान गरिन। साथै, भोलि बिहान निकालिने प्रभातफेरी र्यालीका लागि पानी र खाजाको व्यवस्था गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिन।
बुधवार बिहान प्रभातफेरी र्याली निकालिने उदित कुमार साहले जानकारी दिए । सञ्चारकर्मी जय यादवले सहजीकरण गरेको कार्यक्रममा विभिन्न राजनीतिकर्मी, खेलाडी, सञ्चारकर्मी र बुद्धिजिवीहरूको उपस्थिति रहेको थियो।






