पर्सा , साउन १३ –
विश्व बाघ दिवसका अवसरमा सार्वजनिक गरिएको पछिल्लो गणनाअनुसार नेपालमा बाघको सङ्ख्या ४२९ पुगेको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार सन् २०२२ मा ३५५ रहेको बाघको सङ्ख्या चार वर्षमा ७४ ले बढेको हो।
पछिल्लो तथ्याङ्कअनुसार चितवन राष्ट्रिय निकुञ्जमा १४५, बर्दियामा ११२, पर्सामा ७१, बाँकेमा ५१ र शुक्लाफाँटामा ५० बाघ रहेका छन्। मन्त्रालयले संरक्षण क्षेत्रको सुधार, बासस्थान व्यवस्थापन र सिकार प्रजातिको वृद्धि बाघको सङ्ख्या बढ्नुका प्रमुख कारण रहेको जनाएको छ।
नेपालमा सन् २०१० मा १२१, २०१४ मा १९८, २०१८ मा २३५, २०२२ मा ३५५ र २०८२ (२०२६) को गणनाअनुसार ४२९ बाघ पुगेका छन्। नेपालमा बाघको गणना हरेक चार वर्षमा गरिँदै आएको छ।







