वीरगंज, १३ साउन ।
वीरगंजमा हिन्दुहरूले मशाल जुलुश निकालेका छन् । बुधवार साँझ वीरगंजका विभिन्न स्थानबाट निकालिएको मशाल जुलुश माईथान चोकमा एकीकृत भई नगर परिक्रमा गरेको थियो ।
माईस्थान चोकबाट अगाडि बढेको मशाल जुलुश घण्टाघर हुदैं मुर्ली चोकमा पुगेर पुन घण्टाघरतर्फ फर्किएर माइस्थानस्थित गहवामाई मन्दिर प्रांगणमा पुगेर सकिएको थियो । मशाल जुलुशमा सहभागीहरूले जय श्रीराम, हिन्दु राष्ट्र कायम गर्न, हिन्दुलाई मार्न पाइदैन लगायतका नारा लगाएका थिए ।
माईस्थान चोकमा मशाल जुलुश पुग्दा त्यहाँ मशाल जुलुशमा सहभागी केहि व्याक्तिहरूले नेपाली कांग्रेसका क्षेत्रीय सभापति महमद साहबुदिन सवार मोटरसाइकल लडाइदिनुका साथै उनीमाथि मशाल बालिएको डण्डाले कुटपिट गरेको बताइन्छ । सामान्य घाइते साहबुदिनको दाहिने हातको बुढी औंला चोट लागेको छ । अस्पतालमा सामान्य उपचारपछि उनि घर फर्किएर स्वास्थ्य लाभ गरिरहेको साहबुदिनले बताए ।
यस्तै मुर्ली चोकबाट फर्किएको मशाल जुलुशमा सहभागीहरूले सम्झना होटल अगाडिको दिलसाद मासु पसलमा ढुंगा प्रहार गर्दा पसलका दुर्ई जना सामान्य घाइते भएका थिए ।
नगर परिक्रममा पछि माईस्थानको गहवामाई मन्दिर प्रांगणमा पुगेर मशाल जुलुश सकिएपछि त्यसमा सहभागी युवाहरूको एक समुह लठ्ठी र भाटा बोक्दै मीना बजारतर्पm अगाडि बढेका थिए । त्यसक्रममा उनीहरूले एक जनाको मासु पसलको सटर र एक चुरा पसलमा तोडफोडपनि गरेका थिए । तोडफोडमा संलग्न आरोपमा प्रहरीले प्रमिन्द्र राम नाम गरेका युवक प्रहरीले नियन्त्रणमा लिएको थियो ।






