जनकपुरधाममा अनिश्चितकालीन कर्फ्यु जारि

1200x150_1200x150-01.jpg (1)

जनकपुरधाम, साउन १४ —

प्रदर्शन चर्किएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार बिहीबार दिउँसो ३:३० बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु लागू गरिएको हो।

कर्फ्यु जनकपुरधाम उपमहानगरपालिकाको सम्पूर्ण क्षेत्र तथा लक्ष्मीनिया गाउँपालिका र नगराइन नगरपालिकाका केही क्षेत्रमा लागू गरिएको प्रशासनले जनाएको छ।

प्रशासनले शान्ति–सुरक्षा कायम राख्न कर्फ्यु जारी गर्दै प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः