पर्सा , साउन १५ —
तराई–मधेशमा विकसित पछिल्लो घटनाक्रमका विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले आज बेलुका राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार सम्बोधन बेलुका ६ बजेपछि हुनेछ।
यसैबीच, गृहमन्त्री सुधन गुरुङ प्रधानमन्त्रीसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल गरेपछि सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज प्रस्थान गर्ने भएका छन्। उनले घटनास्थलको स्थलगत निरीक्षण गर्नुका साथै स्थानीय जनप्रतिनिधि, प्रशासन र सुरक्षा निकायसँग छलफल गर्ने कार्यक्रम रहेको छ।
गृहमन्त्रीसँगै स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता पनि सुनसरी जाँदै छिन्। सुनसरी मन्त्री मेहताको गृह जिल्ला हो। सरकारले सुनसरीमा विकसित सुरक्षा अवस्थाको समीक्षा गर्दै शान्ति–सुरक्षा तथा आवश्यक समन्वयका लागि उच्चस्तरीय पहल अघि बढाएको जनाएको छ।






