मधेशका पाँच जिल्लाबाट ३६ जना पक्राउ, पर्साबाट एक जना नियन्त्रणमा

1200x150_1200x150-01.jpg (1)

मधेश , साउन १५ —

नेपाल प्रहरीले मधेश प्रदेशका पाँच जिल्लाबाट सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा ३६ जनालाई पक्राउ गरेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार धनुषाबाट १९, सर्लाहीबाट ९, सिरहाबाट ५, महोत्तरीबाट २ र पर्साबाट १ जना पक्राउ परेका छन्।

पर्सामा भने शुक्रबार वीरगञ्ज महानगरपालिका–६, मिना बजार नजिकबाट एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीले सामाजिक सद्भाव बिगार्ने गतिविधिमा संलग्न व्यक्तिहरूमाथि अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः