सप्तरीमा कर्फ्यु खुकुलो, ११ बजेसम्म बजार खुला

1200x150_1200x150-01.jpg (1)

राजविराज, साउन १६ —

सप्तरी जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक दैनिक उपभोग्य सामग्री खरिद–बिक्रीका लागि आज बिहान ७ बजेदेखि ११ बजेसम्म कर्फ्यु खुकुलो बनाएको छ।

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार सोही अवधिमा प्रशासनको अनुमति लिएर सद्भाव र्‍याली सञ्चालन गर्न पनि सहजीकरण गरिएको छ।

तोकिएको समयपछि भने कर्फ्यु पूर्ण रूपमा लागू हुने जनाउँदै प्रशासनले पाँच जनाभन्दा बढी समूहमा भेला भई कुनै पनि उच्छृङ्खल गतिविधि नगर्न चेतावनी दिएको छ।

सुनसरी घटनापछि उत्पन्न तनावका कारण सप्तरीको बोदेबरसाईन र राजविराज क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको थियो।

सम्बन्धित पोस्टहरुः