एसपी कुँवरलाई प्रहरी प्रधान कार्यालय झिकाइयो

1200x150_1200x150-01.jpg (1)

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरलाई केही आन्तरिक विषयमा सोधपुछ तथा छानबिनका लागि प्रहरी प्रधान कार्यालय झिकाइएको छ।

नेपाल प्रहरीका प्रवक्ता अवि नारायण काफ्लेले कुँवरको विषयमा केही कुरा बुझ्नुपर्ने भएकाले मुख्यालय बोलाइएको पुष्टि गरेका छन्। प्रहरीले उनीमाथि कुन विषयमा छानबिन भइरहेको हो भन्नेबारे भने आधिकारिक रूपमा विस्तृत विवरण सार्वजनिक गरेको छैन।

स्रोतका अनुसार केही आन्तरिक प्रशासनिक वा आर्थिक मामिलासम्बन्धी उजुरी परेपछि उनलाई सोधपुछका लागि मुख्यालय बोलाइएको हो।

सम्बन्धित पोस्टहरुः