वीरगन्ज,२४ साउनः
वीरगंजबाट प्रकाशन हुदैं आएकोृ प्रतीक दैनिकले प्रदान गर्दै आएको सुबोध स्मृति पत्रकारिता पुरस्कार यस वर्ष वीरगन्जका पत्रकार महेशचन्द्र गौतमलाई प्रदान गरिने भएको छ । प्रतीक दैनिकको शनिबार बसेको बैठकले पत्रकारिता क्षेत्रमा गौतमले पु¥याएको योगदानको कदर गर्दै उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
प्रतीक प्रकाशन समूहको ४०औं वार्षिकोत्सवको अवसरमा आगामी भदौ १ गते आयोजना हुने समारोहमा गौतमलाई ५१ हजार रुपैयाँ राशीसहितको सुबोध स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिने जनाइएको छ ।
यसैगरी, प्रतीक दैनिकले गत वर्षदेखि प्रदान गर्न थालेको स्वर्गीय चिरञ्जीवी कोइराला पत्रकारिता पुरस्कार यस वर्ष अर्जुन चौधरीलाई प्रदान गर्ने निर्णय गरेको छ । १५ हजार रुपैयाँ राशिको उक्त पुरस्कार पनि वार्षिकोत्सव समारोहकै अवसरमा प्रदान गरिनेछ ।
यसैगरी, प्रतीक दैनिकले स्तम्भकार राजेन्द्र कोइरालालाई स्तम्भकार पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । कोइरालाले प्रतीक दैनिकमा नियमित स्तम्भलेखन कार्य गर्दै पु¥याएको योगदानको मूल्याङ्कन गर्दै उक्त पुरस्कार प्रदान गर्न लागिएको जनाइएको छ ।
त्यस्तै, प्रतीक दैनिकका ठोरी संवाददाता चिरञ्जीवी सापकोटा र सहायक मेशीन अपरेटर विजय श्रेष्ठलाई पनि वार्षिकोत्सव समारोहमा पुरस्कृत गरिने जनाइएको छ ।






