सम्पर्कविहीन कपिलवस्तुका पूर्वमेयर सिंह जंगलमा मृत फेला

1200x150_1200x150-01.jpg (1)


कपिलवस्तु , साउन २४ —

गत शुक्रबार दिउँसोदेखि सम्पर्कविहीन रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह जंगलमा मृत अवस्थामा फेला परेका छन्।

इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो।

पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो। खोजीका क्रममा जंगलमा उनको शव फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

सम्बन्धित पोस्टहरुः