हराएको बालक सोनुलाई आमा शान्तिदेवी जिम्मा लगाइयो

1200x150_1200x150-01.jpg (1)

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर ११ ले फेला पारेको बालक आफ्नो आमा शान्ति देवीलाई जिम्मा लगाइएको छ!

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रका इन्चार्ज प्रहरी सहायक हवल्दार विश्वेश्वर प्रसाद शाह सामुदायिक सेवा केन्द्रका सदस्य मनिष सिंह लगायतको रोहबरमा जिम्मा लगाएको हो! दिउसो करिब 2:30 बजे त्रिमूर्ति हल अगाडि सडकमा फेला परेको थियो!

फेला परेको बालक भारतको जोसौली पश्चिम चम्पारण बिहार धुमाटांड वडा नम्बर 3 गणेश शाहको छोरा रहेको र उनको श्रीमती शान्तिदेवीलाई सामुदायिक सेवा केन्द्रमा बुझाइएको हो! बीरगञ्जमा आफन्तको उपचार गर्न आउने क्रममा पुग्दा सोनुकुमार शाह तुराहा भन्ने बालक हराएको उनको आमा शान्तिदेवीले सामुदायिक सेवा केन्द्रमा बताएका थिए!

अभिभावक शान्ति देवी र सामुदायिक सेवा केन्द्रका सदस्य तथा अन्य व्यक्तिहरूको रोहबरमा फेला परेको बालक जिम्मा लगाइएको सामुदायिक सेवा केन्द्रका सदस्य जगत राईले जानकारी दिनु भएको छ!

सम्बन्धित पोस्टहरुः