पर्सा , साउन २६ —
नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय (ओडीआई) कप्तानमा लेग स्पिनर सन्दीप लामिछाने नियुक्त भएका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार रोहित पौडेललाई हटाउँदै लामिछानेलाई नयाँ कप्तान नियुक्त गरेको हो।
यससँगै लामिछाने करिब चार वर्षपछि पुनः नेपाली टोलीको कप्तानीमा फर्किएका छन्। उनले यसअघि सन् २०२२ मा १४ ओडीआईमा नेपालको नेतृत्व गरेका थिए।
लामिछानेले मलेसियामा हुने एसीसी मेन्स प्रिमियर कपबाट ओडीआई कप्तानका रूपमा जिम्मेवारी सम्हाल्नेछन्। प्रतियोगितामा नेपालको
क्यानले घोषणा गरेको टोलीमा आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, इशान पाण्डे, गुल्सन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त थामी रहेका छन्।
यसपटक नियमित ओपनर कुशल भुर्तेल, आरिफ शेख र सोमपाल कामी टोलीमा परेका छैनन्। रोहित पौडेलले ओडीआई कप्तानी गुमाएसँगै उनी अब टी–२० टोलीको कप्तानीमा पनि छैनन्; क्यानले यसअघि दीपेन्द्रसिंह ऐरीलाई टी–२० कप्तान बनाइसकेको छ।
नेपालको पछिल्लो ओडीआई प्रदर्शन कमजोर बनेपछि क्यानले नेतृत्व परिवर्तन गरेको हो। लामिछानेको पुनरागमनसँगै नेपाली क्रिकेटमा नयाँ नेतृत्व र नयाँ रणनीतिको अपेक्षा गरिएको छ।






