वीरगंज साउन , २६ —
वीरगंजस्थित नारायणी अस्पतालमा सर्पले टोकेपछि लगाइने एन्टिस्नेक भेनम (एएसभी) इन्जेक्सन अभाव भएको अस्पताल प्रशासनले जनाएको छ।
अस्पतालले मंगलबार सूचना जारी गर्दै तालुक कार्यालयबाट एएसभी इन्जेक्सन प्राप्त नभएका कारण अस्पतालमा हाल उक्त औषधि मौज्दात नरहेको जानकारी गराएको हो।
अस्पताल प्रशासनका अनुसार एएसभी अभावका कारण सर्पदंशका बिरामीलाई उपचारमा असुविधा हुन सक्ने भएकाले यसबाट पर्न जाने असुविधाप्रति अस्पतालले क्षमायाचना गरेको छ।








