चार बुँदे सहमतिपछि एकता दलका अध्यक्षद्वारा आमरण अनशन स्थगित

1200x150_1200x150-01.jpg (1)

काठमाडौं, २६ साउन । सुनसरीको देवानगंज घटनाका पीडितलाई न्याय र हिन्दु हितको संरक्षण लगायतका माग राख्दै आमरण अनशनमा बसेका राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवले अनशन तोडेका छन। मंगलवार सरकारसँग ४ बुँदे लिखित सहमति भएपछि उनले अनशन तोडेका हुन।

गत साउन १४ गतेदेखि काठमाडौंको माइतीघर मण्डलामा अध्यक्ष यादवले १३ दिनदेखि निरन्तर आमरण अनशनमा बसेका थिए । सुनसरीको देवानगंज गाउँँपालिका–३ कप्तानगंजमा भएको घटनाका विरूद्ध न्याय, दीर्घकालीन नीतिगत स्पष्टता र सुरक्षा व्यवस्थाको माग गर्दै उनले ६ बुँदे माग अघि सारेका थिए।

राष्ट्रिय एकता दलका केन्द्रीय सदस्य मानिष पुर्वेद्वारा जारी विज्ञप्ति अनुसार अध्यक्ष यादवले राख्नुभएका मागहरूका सन्दर्भमा सरकारले विभिन्न चारबुँदे लिखित सहमति गरी सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेको स्थितिमा तत्कालका लागि आमरण अनशन स्थगित गरिएको छ।

उक्त दलले सुनसरी घटनाका पीडित तथा प्रभावित परिवारका पक्षमा सरकारले व्यक्त गरेको प्रतिबद्धताअनुरूप यथाशीघ्र कार्य हुनेमा विश्वास व्यक्त गरेको छ। साथै, हिन्दु धर्म, संस्कृति र पहिचानको संरक्षणका लागि आवश्यकता अनुसार आगामी दिनमा पनि आन्दोलन जारी राख्ने प्रतिबद्धता दलले जनाएको छ।

सम्बन्धित पोस्टहरुः