नेप्से लगातार दोस्रो दिन स्थिर

1200x150_1200x150-01.jpg (1)

पर्सा , साउन २७ –

शेयर बजार लगातार दोस्रो दिन स्थिरजस्तै देखिएको छ। हिजो २ हजार ६४१ दशमलव ८५ विन्दुमा रहेको नेप्से परिसूचक आज ० दशमलव ५५ अंकले बढेर २ हजार ६४२ दशमलव ४० विन्दुमा पुगेको छ।

आज बैंकिङ, फाइनान्स, होटल तथा पर्यटन, लगानी, म्युचुअल फन्ड र निर्जीवन बीमा समूहको उपसूचक बढेको छ। अन्य सबै समूहको उपसूचक घटेको छ।

आज १०३ वटा कम्पनीको शेयर मूल्य बढ्दा १६५ वटा कम्पनीको घटेको छ। ९ वटा कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएन।

आज माउन्ट एभरेस्ट पावर डेभलपमेन्टको शेयर मूल्य १५ प्रतिशतले बढेको छ। यता आईसीएफसी फाइनान्सको डिबेन्चर र अपर लोहोरे खोला हाइड्रोपावरको शेयर मूल्य १५ प्रतिशतले घटेको छ।

कारोबार रकम पनि घटेको छ। हिजो ४ अर्ब ११ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज ३४८ वटा कम्पनीका ८७ लाख कित्ता शेयर ३ अर्ब ५३ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ।

सम्बन्धित पोस्टहरुः