पर्सा , साउन २७ –
पत्रकार किशोर श्रेष्ठ पक्राउ परेका छन्। उनलाई प्रहरीले ललितपुरको कुसुन्तीबाट पक्राउ गरेको हो।
प्रहरी उच्च स्रोतका अनुसार पक्राउ परेका श्रेष्ठलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेका अनुसार सप्तरी क्षेत्र नम्बर ३ का सांसद अमरकान्त चौधरीको उजुरीका आधारमा श्रेष्ठलाई पक्राउ गरिएको हो।
केही दिनअघि श्रेष्ठले सांसद चौधरीसँग एक युवतीको तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए। सोही विषयलाई लिएर परेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






