वीरगंज , साउन २९ –
वीरगंज महानगरपालिका–१३ स्थित गुरुकुल स्कुल नजिकै नालामा एक अन्दाजी ४५ वर्षीय पुरुषको शव फेला परेको छ ।
शव फेला परेपछि प्रहरीले घटनास्थलबाट बरामद गरी पोस्टमार्टमका लागि नारायणी अस्पताल पठाएको छ ।
मृतकको पहिचान तथा मृत्युको कारण खुल्न बाँकी रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।






