search

spot_img
spot_img

एसियाडः पहिलो स्वर्ण चीनको खातामा

पढ्न छुटाउनुभयो ?

हाङ्झाउ, ७ असोज । आयोजक राष्ट्र चीनले आइतबार एसियाली खेलकुदको पहिलो स्वर्ण पदक जितेको छ ।
महिला डुङ्गा दौडमा चीनले पहिलो स्वर्ण हात पारेको हो । ‘लाइटवेट डबल स्कल्स रोइङअन्तर्गत आज भएको फाइनलमा जोउ जियाकी र किउ सिउपिङले स्वर्ण जितेका हुन् ।
जोउ र किउको चिनियाँ जोडीले ७ मिनेट ६ दशमलव ७८ सेकेण्डमा उज्बेकिस्तानकी लुइजाखोन इस्लामोभा र मलाइका ताग्माटिभाले करिब १० सेकेन्ड पछि पारेका थिए । ताग्माटिभाले रजत पदकमा नै चित्त बुझाउनुप¥यो भने इन्डोनेसियाका चेल्सी कर्पुट्टी र रहमा मुतियारा पुत्रीले कास्य जित्न सफल भएका छन् ।
महिलातर्फको १० मिटर एयर राइफल प्रतियोगितामा भारतका रमिता, मेहुली घोष र आशी त्रिकुटले रजत पदक जितेर पहिलो दिनको विजयी सुरुवात गरेका छन्भने भारतीय सेनाका खेलाडीद्वय अर्जुन लाल जाट र अरविन्दले पुरुष लाइटवेट डबल स्कल्समा रजत पदक नै जितेका छन् । रोइङमा नै पुरुषको अर्को टोलीले रजत पदकमा कब्जा जमाएको छ ।
भारतीय महिला क्रिकेट टोलीले पनि सेमिफाइनलमा बङ्गलादेशलाई ८ विकेटले पराजित गर्दै रजत पदक सुनिश्चित गरेको छ । हालसम्म भारतले पाँच वटा रजत पदक आफ्नो पोल्टामा पारेको छ । –––
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

जलविद्युत उत्पादनको लगानीमा तीव्रता: एचआईडीसीएल र ऊर्जा मन्त्रालयबीच कार्यसम्पादन करार सम्झौतामा हस्ताक्षर

काठमाडौँ, १५ असार/ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य र हाइड्रोइलेक्ट्रिसिटी इनभेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)...

सम्बन्धित खबर

- Advertisement -neelambads