अदालतको रोक आदेशबीच एनटीसी भवनमा डोजर चल्दै

1200x150_1200x150-01.jpg (1)

वीरगंज , साउन ३० –

वीरगंजको मुख्य सडक विस्तारसम्बन्धी विवादमा उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगंजले सडक विस्तार कार्य तत्काल नगर्न–नगराउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

तर, अदालतको आदेशबारे आधिकारिक पत्र प्राप्त नभएको भन्दै सडक डिभिजन कार्यालयले आज बिहानदेखि नेपाल दूरसञ्चार कम्पनी (एनटीसी) को भवन भत्काउन थालेको छ।

नेपाल दूरसञ्चार कम्पनीका तर्फबाट संगीता अर्याल पहाडीले दायर गरेको रिटमाथि शुक्रबार न्यायाधीश निर्मला पौडेल भट्टराईको एकल इजलासले उक्त आदेश दिएको थियो। अदालतले भदौ १ गते दुवै पक्षलाई राखेर अन्तरिम आदेशका सम्बन्धमा छलफल गर्ने मिति तोकेको छ।

यसैबीच सडक डिभिजन कार्यालयले अदालतको आदेशसम्बन्धी आधिकारिक पत्र प्राप्त नभएको जनाएको छ।

कार्यालयका अनुसार एनटीसी भवन भत्काउन बिहान ६ बजेदेखि दुईवटा डोजर परिचालन गरिएको छ र आज बेलुका ६ बजेसम्म भवन पूर्णरूपमा भत्काउने लक्ष्य राखिएको छ।

सम्बन्धित पोस्टहरुः