बस्तीमा पसेको बाघ नियन्त्रणमा, एक जना घाइते

1200x150_1200x150-01.jpg (1)

पर्सा , साउन , ३१

चितवनको राप्ती नगरपालिका–१ को बस्तीमा पसेर मानिस र गाईलाई आक्रमण गरेको बाघलाई निकुञ्जको टोलीले नियन्त्रणमा लिएको छ।
बाघको आक्रमणबाट ६० वर्षीय ठाकुर अधिकारी घाइते भएका छन्।

उनको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको छ। स्थानीय दिलाकुमारी तामाङको गाईसमेत बाघको आक्रमणबाट घाइते भएको छ।

बस्तीमा बाघ पसेपछि हात्ती र प्राविधिक टोली परिचालन गरिएको थियो। करिब चार घण्टाको प्रयासपछि बिहान साढे १० बजे बाघलाई नियन्त्रणमा लिइएको जनाइएको छ।

बाघ नियन्त्रणमा आएपछि स्थानीयवासीले राहत महसुस गरेका छन्।

सम्बन्धित पोस्टहरुः