रामेछाप , भदौ ३ —
६१ वर्षीया एकल महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा रामेछापमा २१ वर्षीय युवक पक्राउ परेका छन्।
सुनसरी घर बताउने प्रेम बिसुंखेलाई रामेछाप नगरपालिका–४ तिलबारीकी महिलामाथि मंगलबार जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।
घटनापछि फरार रहेका बिसुंखेलाई बुधबार धोबीडाँडाबाट खटिएको प्रहरी टोलीले तिलबारीस्थित कोही नबस्ने घरमा लुकिरहेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बिसुंखे लिखु बृहत् खानेपानी आयोजनामा मजदुरका रूपमा कार्यरत थिए। पक्राउ परेका उनीमाथि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





