सहयोग जुटेपछि उपचार खर्च तिरेर घर फर्किइन् गीता देवी पासवान

1200x150_1200x150-01.jpg (1)

वीरगंज , भदौ ५ –

पर्साको बहुदरमाई नगरपालिका–२ की अति विपन्न दलित महिला गीता देवी पासवान उपचार खर्च तिर्न नसक्दा पाँच दिनदेखि अस्पतालमै रोकिएपछि सहयोग जुटाएर घर फर्किएकी छन्।

छातीमा समस्या देखिएपछि नेपाल इन्डो हस्पिटल एन्ड आई सेन्टर प्रालिमा भर्ना भएकी पासवानको उपचारपछि अस्पतालले डिस्चार्ज गरेको थियो। तर उपचारबापत करिब ५० हजार रुपैयाँ तिर्नुपर्ने भएपछि रकम अभावमा उनी पाँच दिनसम्म अस्पतालमै रोकिएकी थिइन्।

उपचार खर्च तिर्न नसक्दा समस्या भएपछि पासवानले सहयोगका लागि सम्बन्धित निकाय तथा सहयोगी मनहरूसँग आग्रह गरेकी थिइन्न

स्थानीय नेता शिव पटेलको पहलमा विभिन्न व्यक्तिहरूबाट सहयोग जुटेपछि पासवानले अस्पताललाई ३५ हजार रुपैयाँ बुझाएकी छन्। रकम भुक्तानी भएपछि अस्पतालले उनलाई डिस्चार्ज गरेको र उनी घर फर्किएको परिवारले जनाएको छ।

आर्थिक अवस्था कमजोर रहेकी पासवानलाई उपचारका लागि सहयोग गर्ने सबैप्रति परिवारले आभार व्यक्त गरेको छ।

सम्बन्धित पोस्टहरुः