भैंसी चराउन हिंडेका ब्रह्मदेवको शव खोलामा भेटियो

1200x150_1200x150-01.jpg (1)

वीरगंज, ६ भदौ ।
सशस्त्र प्रहरी बल, पर्साले खोलामा डुबेर बेपत्ता व्यक्तिको शव फेला परेको जनाएको छ ।


भदौ ६ गते साँझ ६ः१५ बजेको समयमा जिल्ला पर्सा, विन्दवासिनी गाउँपालिका–२ स्थित ढोङ्गही खोलामा भैंसी चराउन गएको अवस्थामा बहुदरमाई नगरपालिका–१ निवासी अन्दाजी ६० वर्षीय ब्रह्मदेव राउत अहिर खोलामा डुबेर बेपत्ता भएका थिए ।


स्थानीयबाट सूचना प्राप्त भएपछि खोज तथा उद्धारका लागि सुरक्षा बेश पोखरियाबाट स.प्र.ना.उ. सञ्जय रेग्मीको कमाण्डमा डि.एम. टोली तथा इलाका प्रहरी कार्यालय पोखरियाबाट प्र.नि. प्रदीप पौडेलको कमाण्डमा संयुक्त टोलीले राति ७ः०० बजेको समयमा खोलामा डुबेको अवस्थामा शव फेला पारेको जनाएको छ ।

राति ७ः२० बजेको समयमा मुचुल्का उठाई शव पोस्टमार्टमका लागि नारायणी अस्पताल पठाइएको सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साका सूचना अधिकारी स.प्र.ना.उ. मोहनराज निरौलाले जानकारी गराएका छन् ।

सम्बन्धित पोस्टहरुः