जनमत पार्टी पर्साले सबै वडामा संगठन विस्तार र अधिवेशन गर्ने

1200x150_1200x150-01.jpg (1)

वीरगंज भदौ ७ —

जनमत पार्टीले पर्सा जिल्लाका सबै वडामा संगठन विस्तार तथा वडा अधिवेशन गर्ने तयारी थालेको छ।

आइतबार वीरगंजमा बसेको जनमत पार्टी पर्सा जिल्ला समन्वय समितिको बैठकले जिल्लाका सबै वडामा संगठन विस्तार तथा वडा अधिवेशनलाई प्रभावकारी रूपमा अघि बढाउने निर्णय गरेको हो।

जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फको अध्यक्षतामा बसेको बैठकले प्रत्येक वडामा पर्यवेक्षक खटाउने निर्णय गरेको छ। खटिएका पर्यवेक्षकले सम्बन्धित वडामा संगठनात्मक गतिविधि, अधिवेशनको तयारी तथा आवश्यक समन्वय गर्ने जनाइएको छ।

बैठकमा वडा तहसम्म पार्टी संगठनलाई थप सुदृढ बनाउँदै जनताका समस्या तथा स्थानीय मुद्दालाई प्राथमिकताका साथ उठाउने विषयमा समेत छलफल भएको थियो। निर्धारित कार्ययोजनाअनुसार वडा अधिवेशन सम्पन्न गरी संगठनलाई थप व्यवस्थित, सक्रिय र जनमुखी बनाउने प्रतिबद्धता बैठकले व्यक्त गरेको छ।

बैठकमा पार्टीका राजनीतिक समिति सदस्य सिपु तिवारी, केन्द्रीय सदस्यहरू अधिवक्ता हरिहर प्रसाद साह, श्याम शंकर चौरसिया, राजेश चौरसिया, सुजित चौरसिया र बबिता पिडासैनी तथा प्रदेश सदस्यहरू मोहम्मद अब्दुल हवारी र राजनारायण मिश्रलगायतको सहभागिता थियो।

त्यसैगरी जिल्ला पदाधिकारी, पालिका अध्यक्ष तथा पार्टीका विभिन्न तहका नेता–कार्यकर्ताको समेत बैठकमा उपस्थिति रहेको थियो।

सम्बन्धित पोस्टहरुः