भलुवाही खोलाबाट अबैध रुपले दैनिक ढुंगा–बालुवा उत्खनन भइरहेको आरोप

1200x150_1200x150-01.jpg (1)

वीरगंज —

पर्साको पटेर्वासुगौली गाउँपालिकास्थित भलुवाही खोलाको भतौडा घाटबाट दैनिक १० देखि २० ट्र्याक्टर ढुंगा तथा बालुवा अवैध रूपमा उत्खनन र ढुवानी भइरहेको स्थानीयले आरोप लगाएका छन्।

स्थानीयका अनुसार ठूलो देकुलीका विनोद साह तेली र कञ्चनपुरका सुलेमान मियाँ दर्जीलगायतका व्यक्तिहरू अवैध उत्खनन तथा ढुवानीमा संलग्न छन्।

अवैध उत्खननमा इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका सुरक्षाकर्मीको समेत मिलेमतो र संरक्षण रहेको आरोप स्थानीयले लगाएका छन्। कानुन कार्यान्वयन गर्ने निकायको संरक्षणमै प्राकृतिक स्रोतको दोहन भइरहेको भन्दै स्थानीयले निष्पक्ष छानबिन गरी संलग्नमाथि कारबाही गर्न माग गरेका छन्।

यद्यपि, प्रहरीको मिलेमतो र संरक्षण रहेको आरोपको स्वतन्त्र पुष्टि हुन बाँकी छ।

सांंकेतीक तस्वीर

सम्बन्धित पोस्टहरुः