छातीमा समस्या देखिएपछि सभामुख अर्याल अस्पताल भर्ना

1200x150_1200x150-01.jpg (1)

पर्सा, भदौ ९ —

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल छातीमा समस्या देखिएपछि महाराजगञ्जस्थित मनमोहन कार्डियोभास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुगेका छन्।

सोमबार साँझ करिब ७ः३० बजे अस्पताल पुगेका अर्यालको चिकित्सकहरूले मुटुको रक्तनलीमा अवरोध वा साँघुरोपन भए–नभएको जाँच गर्न सिटी कोरोनरी एन्जियोग्राफी गरेका छन्। उनी हाल चिकित्सकको निगरानीमा रहेको स्रोतले जनाएको छ।

एन्जियोग्राफीको विस्तृत रिपोर्ट आएपछि थप उपचारबारे निर्णय गरिने बताइएको छ।

सभामुखका प्रेस संयोजक मुना कुँवरले भने अर्याल नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल गएको र कुनै गम्भीर समस्या नरहेको दाबी गरेकी छन्। उनले आजै फर्किने बताएकी छन्।

सम्बन्धित पोस्टहरुः