जेनजी आन्दोलनमा क्षतिग्रस्त मधेशका सरकारी कार्यालय मर्मतमा ७२ लाख खर्च

1200x150_1200x150-01.jpg (1)

जनकपुर , भदौ ९ —

जेनजी आन्दोलनका क्रममा धनुषा, महोत्तरी र सर्लाहीका सरकारी कार्यालयमा भएको क्षतिको मर्मत तथा पुनर्निर्माणमा ७२ लाख ४९ हजार ६ सय ८८ रुपैयाँ खर्च भएको छ।

संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय जनकपुरका अनुसार जिल्ला अदालत धनुषा, अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिबास, जिल्ला अदालत सर्लाही, जिल्ला सरकारी वकिल कार्यालय सर्लाही, महेन्द्र नारायण मिथिला सांस्कृतिक केन्द्र, जिल्ला कारागार सर्लाही तथा राईजोवियम तथा घाँसेबाली बीउबिजन प्रयोगशालाको मर्मत गरिएको हो।

गत भदौ २४ गतेको आन्दोलनका क्रममा प्रदर्शनकारीले सरकारी कार्यालयमा तोडफोड तथा आगजनी गरेका थिए। मन्त्रालयबाट प्राप्त बजेटबाट क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनर्निर्माण गरिएको कार्यालयका सूचना अधिकारी सुधीर शाहले बताए।

कार्यालयका अनुसार गत आर्थिक वर्षमा १५.६६ किलोमिटर सडक कालोपत्रे, ३.१८ किलोमिटर सडक ढलान र ६.७६ किलोमिटर नाला निर्माण गरिएको छ। साथै सर्लाहीमा ७ विद्यालय, तीन जिल्लामा ३ सामुदायिक भवन तथा आपत्कालीन सेल्टरसमेत निर्माण गरिएको कार्यालयले जनाएको छ।

सम्बन्धित पोस्टहरुः