रौतहटमा १७ वर्षीया युवती माइतीघरमै मृत फेला

1200x150_1200x150-01.jpg (1)

रौतहट , भदौ ९ —

रौतहटको परोहा नगरपालिका–३ तेजापाकडमा १७ वर्षीया अंगुरी खातुन आफ्नै माइतीघरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी छन्।

सोमबार राति उनका दाइले सुत्ने कोठामा बाँसको बल्लोमा सलको पासो लगाएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा पुगेको प्रहरीले मुचुल्का तथा प्रारम्भिक अनुसन्धानपछि शव परीक्षणका लागि प्रादेशिक अस्पताल गौर पठाएको थियो।

शव परीक्षणका क्रममा अंगुरी करिब तीनदेखि चार महिनाको गर्भवती रहेको खुलेको प्रहरीले जनाएको छ। पोस्टमार्टमका क्रममा भ्रूण निकालेर अंगुरी र भ्रूण दुवैको छुट्टाछुट्टै शव परीक्षण गरिएको थियो।

मृतकका श्रीमान् रोजगारीका लागि भारतमा रहेको प्रहरीले जनाएको छ। पोस्टमार्टमपछि दुवै शव मृतकका बुबा अवास मियाले बुझेर लगेका छन्। घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

सम्बन्धित पोस्टहरुः