पटेलनगरमा ब्रहम बाबाको जग्गा फिर्ता ल्याउने अभियान शुरु

1200x150_1200x150-01.jpg (1)

वीरगंज,९ भदौ – वीरगंज–२१ पटेलनगरस्थित ब्रहमबाबाको स्थानको भोगमा रहेको जग्गा फिर्ता गराउने उदेश्यका साथ हस्ताक्षर अभियान शुरु गरिएको छ । गाउँ–समाजको निर्णय अनुसार एक साता अवधीको लागि गाउँलेहरुको हस्ताक्षर संकलनको काम शुरु गरिएको अधिवक्ता जितेन्द्रप्रसाद कुर्मीले जानकारी गराए ।

पटेलनगर गाउँको दक्षिणपट्टि अवस्थित ब्रहमबाबाको भोगमा गाउँलेले उपभोग गर्दै आएको करिब एक कठा जग्गा केही व्यक्तिले निजि रुपमा पास गराएर सो सार्वजनिक हितको जग्गा कब्जा गर्न प्रपञ्च रचेकोले त्यसको विरोधमा गाउँ भेलाबाट संघर्षको कार्यक्रम अन्तर्गत यस्तो अभियान शुभारम्भ गरिएको उनले जानकारी गराए । स्थानीय जलन्धर प्रसाद कुर्मीले ब्रहमबाबाको भोगको जग्गा कुनै हालतमा गाउँलेले नछोडने चेतावनी दिए । उनले सुनियोजित किसिमले केही व्यक्तिले गुपचुप रुपमा भोगको जग्गा खरिदबिक्री गरी पूर्जा बनाए तापनि सो जग्गा स्पटमा सार्वजनिक हितको जग्गा भएकोले ब्रहमबाबाको नाममा दान गर्न समेत अपिल गाउलेहरुले गरेका छन् ।

पटेलनगरको ब्रहमबाबाको जग्गा फिर्ता ल्याउने अभियानमा पूर्व गाविस अध्यक्ष द्वय जतनराउत कुर्मी,सदनराउत कुर्मी,स्थानीय अगुवाहरुमा गोपाल पटेल,गजाधर पटेल,उमेश पटेल,अमरदेव राउत कुर्मी,सोनालाल साह कलवार,केदार पटेललगायतको समर्थन रहेको समेत बताइएको छ । गाउँका एक व्यक्ति र बारा प्रसौनी गापाका एक जना गरी दुई जना व्यक्तिले ब्रहम बाबाको भोगको करिब एक कठा जग्गा हत्याउन खाजेको गाउँलेको दावी छ । हस्ताक्षर संकलनपछि स्थानीय प्रहरी प्रशासनलाई सो जग्गाको बारेमा अवगत गराई अन्य संघर्षको कार्यक्रम अघि बढाउने गाउँलेको तयारी रहेको छ ।

सम्बन्धित पोस्टहरुः