search

भीम सार्कीको अर्धशतक मद्दतमा सम्हालिँदै नेपाल

पढ्न छुटाउनुभयो ?

२२ फागुन, काठमाडौं । आईसीसी विश्वकप लिग टू क्रिकेटमा यूएईविरुद्ध नेपालका भीम सार्कीले अर्धशतक पूरा गरेका छन् ।

४९ रन बनाउँदा ३ विकेट गुमाएर नेपाल संकटमा परेका बेला ब्याटिङमा आएका सार्कीले ७८ बलमा अर्धशतक पूरा गरेका हुन् ।

२०२२ मार्चमा भएको सिरिजमा नेपालका लागि डेब्यु गरेका भीमको राष्ट्रिय टिमबाट यो पहिलो अर्धशतक हो ।

सार्कीले सन्दीप लामिछानेसँग मिलेर छैटौं विकेटका लागि ५६ रनको साझेदारी गरे । लामिछाने २७ रनमा आउट भए ।

सार्कीको अर्धशतक मद्दतमा नेपालले ३९.२ ओभरको खेल सकिँदा ६ विकेट गुमाएर १५५ रन बनाएको छ ।

Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads