पोखरिया अस्पतालका मेसुले सूचना मागको निवेदन दर्ता नगरेको आरोप

1200x150_1200x150-01.jpg (1)

वीरगंज । सूचना माग्न गर्न पुगेका धर्मेन्द्र प्रसाद यादवको निवेदनमा तोक लगाउन र दर्ता गर्न प्रादेशिक अस्पताल पोखरिया, पर्साका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. आनन्द रौनियारले अस्वीकार गरेको बताइन्छ ।

यादवले आ.व. २०८२–०८३ मा अस्पतालको आन्तरिक स्रोतबाट भएको आम्दानी, खर्च, बैंक दाखिला, खरिद, भुक्तानी, बिल–बिजक, लेखापरीक्षण तथा बेरूजुसहितका विवरण माग गर्दै निवेदन लिएर अस्पताल पुगेका थिए।

तर निवेदन दर्ता गराउन खोज्दा मेसु रौनियारले “दर्ता गर्दैनौँ, के गर्छाै र?” भन्दै जवाफ दिएको यादवको दाबी छ। त्यसक्रममा उनले “तिमी जे–जे भन्छौ, त्यही हामी दर्ता गर्दै बस्ने? हामीसँग त्यति टाइम छैन। हामी अरू काम छाडेर त्यही काममा लागौँ त? हुँदैन, हामी दर्ता गर्दैनौँ। हामीसँग त्यही कर्मचारी पनि छैन कि त्यही खोजेर बसौँ” भनेको यादवले बताए।

रौनियारले कर्मचारी पर्याप्त नभएको भन्दै “कर्मचारी पूरा गर्नुस्, अनि दिन्छौँ” भन्ने आशयको जवाफसमेत दिएको यादवको भनाइ छ।

सम्बन्धित पोस्टहरुः