आज जनै पूर्णिमा : तराई–मधेशमा राखी बाँधिँदै

1200x150_1200x150-01.jpg (1)

वीरगंज , भदौ १२ —

श्रावण शुक्ल पूर्णिमाका अवसरमा मनाइने रक्षाबन्धन तथा जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर विभिन्न धार्मिक तथा सांस्कृतिक विधिअनुसार मनाइँदैछ।

तराई–मधेशमा भने रक्षाबन्धन अर्थात् राखीको विशेष महत्त्व रहेको छ। यस दिन दिदीबहिनीले आफ्ना दाजुभाइको दाहिने हातको नाडीमा राखी बाँधेर दीर्घायु, सुख–समृद्धि तथा सफलताको कामना गर्ने परम्परा छ।

राखी बाँधिदिएपछि दाजुभाइले दिदीबहिनीलाई उपहार तथा दक्षिणा दिने चलन रहेको छ। विवाह भएर ससुराली गएका दिदीबहिनीहरू रक्षाबन्धनका लागि माइती फर्किने गर्छन्। माइती आउन नसकेका दिदीबहिनीको घरमा भने दाजुभाइ आफैं पुगेर राखी बाँध्ने परम्परा रहेको छ।

यस पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, आत्मीयता र पारिवारिक सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास गरिन्छ।

जनै पूर्णिमाका अवसरमा हिन्दू धर्मावलम्बीहरूले पवित्र नदी, पोखरी तथा तीर्थस्थलमा स्नान गरी पूजा–आराधना गर्ने र नयाँ जनै धारण गर्ने परम्परासमेत रहेको छ।

सम्बन्धित पोस्टहरुः