कलैयामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

1200x150_1200x150-01.jpg (1)

बारा, भदौ १२ —

बाराको कलैया उपमहानगरपालिका–१४ लक्ष्मिनिया चोकमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।

बघवनबाट कलैयातर्फ आउँदै गरेको म.प्र.०३–०२८ प ७१९६ नम्बरको मोटरसाइकल बिहीबार राति करिब १० बजे आफैं अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक कलैया उपमहानगरपालिका–१४ निवासी ३३ वर्षीय सुजित पाण्डे घाइते भएका थिए। घटनालगत्तै प्रहरी टोलीले उद्धार गरी उनलाई प्रादेशिक अस्पताल कलैया पुर्‍याएको थियो।

अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि वीरगंजस्थित ब्योधा अस्पताल पठाइएको थियो। ब्योधा अस्पतालमा चिकित्सकले राति १०ः५० बजे पाण्डेलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

मृतकको शव ब्योधा अस्पतालमै रहेको छ भने दुर्घटनामा परेको मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित पोस्टहरुः