प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा ठगी गरेको आरोपमा युवक पक्राउ

1200x150_1200x150-01.jpg (1)

वीरगंज भदौ १४ –

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको भन्दै नक्कली बैंक स्टेटमेन्ट बनाएर सामाजिक सञ्जालमा प्रचार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रामेछापको गोकुलगंगा गाउँपालिका–२ ठोसे घर भएका ३२ वर्षीय भगवान कार्की रहेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेको हो।

प्रहरीका अनुसार कार्कीले नेपाल सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफूले १ लाख २० हजार रुपैयाँ सहयोग गरेको दाबी गर्दै नक्कली स्टेटमेन्ट तयार गरेका थिए।

उनले च्याटजीपीटीको प्रयोग गरी आफूले उक्त रकम सहयोग गरेको देखिने स्टेटमेन्ट बनाएर सामाजिक सञ्जालमा पोस्ट गर्दै प्रचारप्रसार गरेको प्रहरीको भनाइ छ।

बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि सञ्चालन गरिएको राहत कोषको नाममा झुटा विवरण बनाएर सामाजिक सञ्जालमा प्रचार गरेको पाइएपछि कार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

सम्बन्धित पोस्टहरुः