वीरगंज, १४ भदौ ।
एम्नेस्टी इन्टरनेशनल नेपाल, ग्रुप–१६ वीरगंजले नेपालमा हालै भएको त्रासदीपूर्ण प्राकृतिक विपदामा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । साथै अगस्ट ३० का दिन ‘जबरजस्ती बेपत्ता पारिएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस’को अवसरमा मानव अधिकारको रक्षा र पीडित परिवारको पक्षमा मैनबत्ती बालेर आवाज उठाएको छ ।
हरेक वर्ष ३० अगस्टलाई बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसका रूपमा स्मरण गरिन्छ। यस अवसरमा बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूलाई सम्झना गर्दै उहाँहरूका परिवारले वर्षाैंदेखि खोजिरहेको सत्य, न्याय र जवाफदेहिताप्रति ऐक्यबद्धता जनाउँने गरिन्छ।
साथै, नेपालमा हालै आएको बाढी तथा प्राकृतिक विपदाबाट प्रभावित सम्पूर्ण पीडितहरूप्रति हार्दिक श्रद्धाञ्जली, गहिरो समवेदना तथा ऐक्यबद्धता व्यक्त गर्दै प्रभावित परिवारहरूको शीघ्र उद्धार, राहत तथा पुनस्र्थापनाका लागि दिप प्रज्वलन गरि प्रार्थना गरेको हो।
गु्रप १६ का अध्यक्ष रजनिश झाको नेतृत्वमा समाजसेवी प्रकाश उपाध्याय, वीरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, सचिव सुनील महतो, पूर्व अध्यक्ष प्रकाश बाहेती, मेन्टर राजेश जैन लगायत बोर्डका पदाधिकारी सदस्य, सनचारकर्मीहरू लगायतको उपस्थिति रहेको थियो ।






