search

साढे आठ हजार किलो गहुँसहित टयाक्टर नियन्त्रण

पढ्न छुटाउनुभयो ?

वीरगंज, १७ असोज । जिल्ला प्रहरी कार्यालय, पर्साले भन्सार छली चोरी पैठारी गरी ल्याएका आठ हजार ५६० केजी गहुँसहित ट्याक्टर नियन्त्रणमा लिएको जनाएको छ ।
बुधवार बिहान भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्राइ वीरगंजतर्फ आइरहेको ना.१ ख ९६४२ नम्बरको ट्याक्टरमा लोड रहेको आठ हजार ५६० किलो गहुँ सूचनाको आधारमा प्रहरीले वीरगंज वडा नं.१९ केहुनिया तिलावे पुल स्थित सडकखण्डमा नियन्त्रण लिएको थियो । प्रहरीलाई देख्ने बित्तिकै चालकले टयाक्टर छाडेर फरार भएका थिए ।
टयाक्टर र गहुँ कारबाइको लागि वीरगञ्ज भन्सार कार्यालय, पर्सामा बुझाइएको जिप्रका, पर्साले जनाएको छ ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads