search

spot_img
spot_img

अन्तत ब्रहमदेव सर पुरानै स्कूल फर्किए

पढ्न छुटाउनुभयो ?

वीरगंज बारा जितपुरसिमरा उपमहानगरपालिका वडा नं २ स्थित नेरामावि सिमराका शिक्षक ब्रहमदेव पासवान पुरानै स्कूल फकिएका छन् । उपमहानगरको शिक्षा शाखाले आज उनको सरुवा पुरानै स्कूलमा गरेपछि उनी पुरानै स्कूल फर्किएको जनाए । ५८ वर्षिय प्राथमिक द्वितिय श्रेणीका शिक्षक पासवान अवकाश प्राप्त हुन २ वर्ष मात्रै बाँकी छ । तर गत असोज ७ गते सिमराबाट १५ किलोमिटर टाढा अपायक पर्ने स्थान जितपुरसिमरा–२४ हरपुरमा सरुवा गरेको थियो । तर उक्त स्कूलले उनलाई हाजिर नगराएपछि असोज ८ गतेदेखि पुनः उनी उपमहानगरपालिकाको शिक्षा शाखामै हाजिर गर्दै आएका थिए । सिमरा माविका प्रअ शंकर आर्यालयको विद्यालयमा मनमुटावको कारण उनलाई अपायक विद्यालयमा सरुवा गरेको उनले बताएका छन् । सरुवा गरिएको विद्यालयमा मावि तहको शिक्षक चाहिएकोले उनलाई हाजिर नगराई फर्काइएपछि उनी विच्चलीमा परेका थिए ।दशै,तिहार जस्तो चाडबाडको बेला विद्यालयमा हाजिर नगरी उपमहानगरमा हाजिर हुदै आएका शिक्षक पासवानको कथा मिडियामार्फत प्रकाशमा आएपछि उनी समाजिक सञ्जाल एवं सञ्चारमाध्यममा भाइरल भएका थिए । त्यसपछि उनलाई न्याय दिइनु पर्छ भन्ने ट्रोल गरिएको थियो । अन्तत उनी हाजिर भएपछि एक इमान्दार शिक्षकले न्याय पाएको सबैले प्रशंसा गरिएका छन् । ४१ वर्ष शिक्षक पेशमा लागेका पासवानको घरमा दुई छोरा–बुहारी,४ नातिनतिना एवं श्रीमति छन् । ४१ वर्षे सेवा अवधीमा उनले जम्मा सिमरामा ८ धुर र पुरानो घर बारा,प्रसौनी गापा ७ बलुवामा १०धुरा गरी जम्मा १८ धुर घडेरी बाहेक केही जोडन नसकेको समेत उनले बताएका छन् । उपमहानगरको शिक्षा शाखाको सरुवामा गरिएको ज्यादतीको कारण उनले राजिनामा दिने सोचमा पुगेको भन्दै मिडियामा रोएको भिडियो भाइरल भएको थियो । त्यसपछि उनलाई उपमहानगरले पुरानै स्कूलमा फर्काएर व्यवस्थापन गरेको छ ।२०३९ सालदेखि टेस्ट परिक्षा पास गरी ज्यालादारीमा काम शुरु गरेको शिक्षक पासवान २०४१ माघ ८ गतेदेखि अस्थायी नियुक्ती भएको थिए भने २०४८ वैशाख १८ मा स्थायी भएको थिए । विद्यालयमा शिक्षण गर्न नपाएने भएपछि फोकटको तलब नपाउने गरी उनी राजिनामा गरी मासिक २९ हजार पेन्शन उठाएर जीवन गुजारा गर्ने निर्णय समेत गरिसकेका थिए ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

जलवायु मैत्री कृषि प्रविधिहरु बारे एक दिने तालिम

वीरगंज, १५ असार । कृषि औजार अनुसन्धान केन्द्र रानीघाट वीरगंजको आयोजनामा एक दिने तालिम सम्पन्न भएको छ । १२ औं...

सम्बन्धित खबर

- Advertisement -neelambads