तिब्बतमा बाढीले क्षतिग्रस्त राजमार्ग एक सातामै सञ्चालन

1200x150_1200x150-01.jpg (1)

वीरगंज , १८ भदौ –

चीनले तिब्बतमा बाढीका कारण क्षतिग्रस्त केरूङ जोड्ने मुख्य राजमार्ग एक सातामै मर्मत गरी बुधबारदेखि सञ्चालनमा ल्याएको छ।

चिनियाँ सञ्चारमाध्यम सीजीटीएनका अनुसार जि२१६ राष्ट्रिय राजमार्ग खुलेपछि ठूला सवारीसाधन तथा भारी उद्धार उपकरण विपद् प्रभावित क्षेत्रमा पुर्‍याउन सहज भएको छ। यससँगै उद्धारकर्मीलाई प्रभावित क्षेत्रको भित्री भागसम्म पुगेर खोजी तथा उद्धार गर्न समेत सहज भएको जनाइएको छ।

बाढीपछि गएको पहिरोमा परी चीनतर्फ १६ जनाको मृत्यु भएको छ भने ५४६ जना अझै सम्पर्कविहीन छन्। कठिन भूगोल, बाक्लो माटो र खराब मौसमका बाबजुद चिनियाँ उद्धार टोलीले खोजी जारी राखेको छ।

उद्धारका लागि खोजी कुकुर, जीवन पत्ता लगाउने उपकरण तथा म्यानुअल खोजी विधि प्रयोग भइरहेको छ। प्रभावित क्षेत्रमा सञ्चार सेवा पनि पुनःस्थापित गरिएको छ भने थप १२ वटा आपत्कालीन बेस स्टेसन सञ्चालनमा ल्याइएको चिनियाँ सञ्चारमाध्यमले जनाएको छ।

ठूला मानवरहित विमान र सञ्चार रिले ड्रोनमार्फत समेत उद्धार तथा सञ्चार समन्वय भइरहेको जनाइएको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः