पर्सामा ११४ किलो गाँजासहित युवक पक्राउ

1200x150_1200x150-01.jpg (1)

वीरगंज , भदौ २० –

पर्सा प्रहरीले ११४ किलो २५ ग्राम गाँजासहित एक युवकलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय पोखरिया र प्रहरी चौकी धोरेबाट खटिएको संयुक्त टोलीले शुक्रबार राति पकाहामैनपुर गाउँपालिका–१ स्थित तिलाईपुलबाट धोरेतर्फ आउँदै गरेको बा.१८ च ३६५७ नम्बरको निशान कार चेकजाँच गर्दा गाँजा बरामद गरेको हो ।

प्रहरीका अनुसार कारको पछाडिको डिक्कीमा १२ वटा पोकामा लुकाइराखिएको अवस्थामा गाँजा फेला परेको थियो । गाँजासहित धादिङको बेनीघाट रोराङ गाउँपालिका–८ का २१ वर्षीय साजन चेपाङ पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी चक्रबहादुर मल्लका अनुसार विशेष सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो । बरामद गाँजा, कार र पक्राउ परेका चेपाङलाई नियन्त्रणमा राखी कारोबारमा संलग्न अन्य व्यक्तिको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित पोस्टहरुः