ऋणीलाई यातना दिने बैंकमाथि कारबाही गर्न गृहको निर्देशन

1200x150_1200x150-01.jpg (1)

पर्सा , भदौ २२ –

ऋण असुलीका नाममा ऋणीलाई यातना, धरपकड तथा दुर्व्यवहार गर्ने बैंक तथा वित्तीय संस्थामाथि कारबाही गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ ।

मन्त्रालयले भदौ १८ गते जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गर्दै ऋण असुलीका क्रममा घरबाट सामान उठाउने, कर्मचारी घरमै बसेर धरपकड गर्ने वा गालीबेइज्जती तथा दुर्व्यवहार गर्ने कार्य भए उजुरी लिएर कानुनबमोजिम कारबाही गर्न भनेको हो ।

सरकार र दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानबीच भएको सहमति मन्त्रिपरिषद्ले अनुमोदन गरेपछि गृहले यस्तो निर्देशन जारी गरेको हो ।

सम्बन्धित पोस्टहरुः