वीरगंज २२ भदौं । वीरगंज कपडा बैंकले भोटेकोशीमा आएको अकल्पनीय विनाशकारी बाढीका कारण दिवङ्गत भएका सम्पूर्ण मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ ।
वीरगंज कपडा बैंकको कार्यालय वीरगंज–८ मा सोमवार साँझ बाढीमा ज्यान गुमाउने मृतआत्माको चिरशान्तिको कामनामा एक मिनेटको मौनधारण गरी श्रद्धाञ्जलि अर्पण गरिएको हो ।
वीरगंज कपडा बैंकको अध्यक्ष लालबाबु सिंहको अध्यक्षतामा बरिष्ठ सल्लाहकार समाजसेवी अधिवक्ता पन्नालाल गुप्ता, समाजसेवी प्रकाश उपाध्याय, समाजसेवी वरूण चौरसिया, समाजसेवी हुकुमसिंह राजपुत, समाजसेवी श्रवणबहादुर रायमाझी, नेपाल बार एसोसिएसन पर्साका सदस्य आशुतोश तिवारी, समाजसेवी दिपक खडगी, श्रीमती सुशीला देवी, कोषाध्यक्ष मनोज मिश्रा, जानकी देवी, संजय मण्डल, नवराज भट्टराई, केदार गुप्ता, कर्मचारी मिथलेश श्रीवास्तव लगायतको सहभागीता रहेको थियो ।







