जेनजी शहीदकी आमाको प्रश्न– ‘शहीदले न्याय कति वर्षमा पाउँछ सरकार ?’

1200x150_1200x150-01.jpg (1)

पर्सा , भदौ २४ –

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा जेनजी आन्दोलनकी शहीदकी आमा रचना खतिवडा खत्रीले शहीद र घाइते परिवारले न्याय र राज्यको अपनत्व कहिले पाउने भन्दै सरकारसँग प्रश्न गरेकी छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै खतिवडाले जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा मंगलबार आयोजित स्मृति कार्यक्रममा प्रधानमन्त्री बालेन्द्र शाहलाई सहभागी हुन आग्रह गरिए पनि उनी उपस्थित नभएको बताइन्। प्रधानमन्त्रीले साँझ सामाजिक सञ्जालमार्फत शहीदप्रति श्रद्धाञ्जली व्यक्त गरेको भन्दै उनले असन्तुष्टि जनाइन्।

‘निमन्त्रणा दिएर आइदिनुस्, केही बोलिदिनुस्, जेनजी शहीदको नाममा केही लेखिदिनुस् भनेर बिहान ७ बजेदेखि आग्रह गर्दा बेलुकी ७ बजे स्टाटस आयो,’ उनले भनिन्, ‘अन्तमा एक वर्षपछि शहीदलाई श्रद्धाञ्जली।’

खतिवडाले सरकारसमक्ष दुई प्रश्न राख्दै भनिन्, ‘शहीदले न्याय कति वर्षमा पाउँछ सरकार ? शहीद र घाइते परिवारलाई भेट्न कति वर्ष लाग्छ अब ?’ उनले जेनजी आन्दोलनमा ज्यान गुमाएका तथा घाइते भएकाहरूको न्याय, सम्मान र राज्यको जिम्मेवारीका विषयमा सरकार गम्भीर हुनुपर्ने बताइन्।

खतिवडाले गत वर्ष भदौ २३ गतेको जेनजी आन्दोलनमा आफ्ना २३ वर्षीय छोरा रसिक खतिवडालाई गुमाएकी थिइन्।

सम्बन्धित पोस्टहरुः