search

spot_img
spot_img

भास्कर हर्बस्युटिकल्सले अतिक्रमण अतिक्रमण गर्यो सार्वजनिक कुलो

पढ्न छुटाउनुभयो ?

वीरगंज, २१ असोज ।
वीरगंज महानगरपालिकाले भास्कर हर्र्बस्युटिकल्स प्रालिले अतिक्रमण गरेको सार्वजनिक कुलो निकाल्न शुरू गरिएको छ । महानगरपालिकाको वडा नं ३२ चोर्नीस्थित उद्योगले ९–१२ फिट चौडाइको कुलो निकाल्न शुरू गरेको छ । गाउँबाट विसर्जित पानी बग्ने कुलो अतिक्रमण गरी उद्योगले विगत लामो समयदेखि उद्योग स्थापना गरेको कारण पानीको निकासमा समस्या आएको र सार्वजनिक सम्पत्ति हिनामिना भएको भन्दै गाउँलेले महानगरमा उजूरी गरेपछि महानगरले सो कुलो निकाल्न शुरू गरेको जनाइएको छ । सोमवारदेखि अमिनहरूको प्राविधिक टोली परिचालन गरी सार्वजनिक कुलो निकाल्ने काम भइरहेको महानगरपालिकाले जनाएको छ । महानगरका अमिन लेखनारायणलाल कर्ण र दीपक पटेल नेतृत्वको प्राविधिक टोलीले कुलो निकाल्ने काम गरिरहेको जनाइएको छ । प्राविधिक टोलीको अनुसार साबिक चोर्नी गाविस–१ को किता नं २७, २८, २९ भएर उक्त कुलो बगेको नक्शामा देखिएको छ ।
उक्त कित्ताहरूका जग्गाहरू अहिले उद्योगको स्वामित्वमा छ । जसमा उद्योग स्थापना भई सञ्चालन भइरहेको छ । उत्तरबाट दक्षिण भएर बग्ने कुलो १३ वर्षपहिले उद्योग स्थापना हुँदा उद्योगले गैरकानूनीरूपमा अतिक्रमण गरी उद्योग स्थापना गरेको स्थानीय विष्णु यादवले बताए । उनले उद्योग स्थापना हुँदा उद्योगले कुलोको सट्टामा पानीको निकासको लागि पक्की नाला बनाउने, स्थानीयलाई रोजगार दिने, उद्योगको पश्चिमतर्फ खेतमा ट्याक्टर लैजान बाटो बनाउने, बगैंचा बनाउने भनी गाउँका अगुवाहरूसँग सम्झौता गरे तापनि हाल सम्झौता पूरा नहुँदा गाउँलेहरू आक्रोशित भई कुलो निकाल्न महानगरलाई गुहार गरेका हुन् । “शुरूमा उद्योग स्थापना गर्दा उद्योगले गाउँलेलाई थुप्रै आश्वासन दिई सार्वजनिक कुलो अतिक्रमण गरी उद्योग बन्यो, तर सम्झौताका शर्तहरू पूर्णरूपमा पालना भएन,” उनले भने, “यसपालि जसरी पनि कुलो निकालेर नै छाड्ने गाउँलेले पहल थालेका छन् ।” उनले उद्योगले स्थानीयलाई रोजगार दिने भनेर झुक्याएको तर रोजगार नदिएकोले समस्या उत्पन्न भएको उनको आरोप छ ।
यस विषयमा उद्योगका प्रबन्धक नीरजकुमार सिंहले सन् २०१० मा उद्योग स्थापना हुँदF स्थानीयसँग सम्झौता गरी कुलोको सट्टा उत्तरपट्टि जग्गा दिएर कुलो अतिक्रमण गरिएको दाबी गरे । “साबिकको नक्शा अनुसार कुलोको जग्गा उद्योगमैं परेको छ, तर विगतको सम्झौता अनुसार कुलोको जग्गाको बदला उद्योगको उत्तरपट्टिबाट पक्की नाला बनाइएको छ, पछाडि जाने बाटो पनि छ, तर गाउँका केही नेताहरूका कारण यो विवाद भइरहेको छ,” उनले भने, “आर्थिक मन्दीबाट गुज्रिरहेको उद्योगमा मजदूर राख्न दबाब आउने गर्दा सो नमान्दा यस्तो समस्या आएको हो ।” तर गाउँकै अर्का बासिन्दा चिरञ्जीवी साह तेलीले उद्योगले कुलोको सट्टा निजी जग्गा नदिएको आरोप लगाए । वीरगंजका व्यवसायी शम्भु अग्रवालसमेत सञ्चालक रहेको सो उद्योगले आयुर्वेदिक औषधि उत्पादन गर्दै आएको छ ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads