पर्सा प्रहरीले गाउँ–गाउँमा सचेतना फैलाउँदै

1200x150_1200x150-01.jpg (1)

वीरगंज । जिल्ला प्रहरी कार्यालय, पर्साको आयोजनामा वीरगंज महानगर पालिका वडा नं. २० हरपतगंजस्थित नेराप्रावि अपौनीको परिसरमा सामाजिक कृरितिविरूद्धको बृहद सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन नेपाल प्रहरी मधेश प्रदेश कार्यालय वीरगंजका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक कृष्णपली मगरले गरेका थिए ।

चेक नेपाल र पहल संस्थाको सहकार्यमा समाजमा विद्यमान दाईजो प्रथा, बालविवाह र लागू औषध दूर्वसनीको कारण परिरहेको नकारात्मक असरलाई न्यूनीकरणको लागि यस्तो कार्यक्रम आयोजना गरिएको हो ।

प्रहरीले मात्र काम कारबाहीलाई अगाडि बढाएर सामाजिक कुरीतिलाई कम गर्न नसक्ने भएकोले एवं नाटक र सांस्कृतिक कार्यक्रमको माध्यमले गाउँ गाउँ पुगेर यस्तो कार्यक्रम आयोजना गरिएको बताएको छ ।

अभियान उदघाटन कार्यक्रममा सम्बोधन गर्दै पर्साका प्रहरी प्रमुख एसपी पवन भट्टराईले पर्सामा यी तीनवटै सामाजिक समस्या जरा गाडेर बसेको तथ्यांकले देखाइरहेकाले कुरीतिमुक्त समाज निर्माणका लागि अभियान थालिएको बताए ।

उनले समाजमा हुने कुरीतिका घटनाविरूद्ध आवाज उठाउन र त्यस्ता गतिविधिवारे प्रहरीलाई तत्काल जानकारी गराउन नागरिकलाई आग्रह गरे ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापा, नेपाली सेना श्रीजंग गण वीरगंजका प्रमुख सेनानि लोकेन्द्रबहादुर कार्की, सशस्त्र प्रहरी बल १३ नं. हेडक्वार्टरका सप्रनाउ मोहन शर्मा, राष्ट्रिय अनुसन्धानका निर्देशक सन्तोष ढुंगेल लगायतको सहभागिता थियो । कार्यक्रमको अध्यक्ष्Fता चेक नेपालका अध्यक्ष्F दामोदर यादवले गरेका थिए भने सहजीकरण पहलका अध्यक्ष्F दिलीपराज कार्कीले गरेका थिए ।

 

कार्यक्रममा वीरगंज–२४ बहुअरीका रामनिवास देहातीको बजरंग सांस्कृतिक नाटक समूहले सामाजिक कुरीतिको विषयमा नाटक प्रस्तुत गरेको थियो भने लोक गायक सुनील पडितले सचेतनामूलक भोजपुरी गीत गाएर समाजमा भइरहेको विकृति, विसंगतिबारे सचेत गराएका थिए । कार्यक्रममा बाल विवाह, लागूऔषध, दाइजो प्रथाले समाजमा पार्ने असर, यसको कानूनी व्यवस्थाबारे नेपाल बार एशोसिएसन पर्साका अध्यक्ष अधिवक्ता रामनारायण कुर्मीले जानकारी गराएका थिए ।

 

सम्बन्धित पोस्टहरुः