पर्सा , भदौ २८ –
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५३ रुपैयाँ १९ पैसा कायम गरिएको छ।
युरो एकको खरिददर १७६ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७७ रुपैयाँ ६५ पैसा तथा पाउन्ड स्टर्लिङ एकको खरिददर २०६ रुपैयाँ १८ पैसा र बिक्रीदर २०६ रुपैयाँ ९९ पैसा तोकिएको छ। स्वीस फ्र्याङ्क एकको खरिददर १८७ रुपैयाँ ३४ पैसा र बिक्रीदर १८८ रुपैयाँ ८ पैसा रहेको छ।
अष्ट्रेलियन डलर १०९ रुपैयाँ ४१ पैसा, क्यानेडियन डलर ११० रुपैयाँ १९ पैसा र सिङ्गापुर डलर १२० रुपैयाँ ३५ पैसाको खरिददर निर्धारण गरिएको छ। त्यस्तै चिनियाँ युआन २२ रुपैयाँ ७५ पैसा, साउदी रियाल ४० रुपैयाँ ६३ पैसा, कतारी रियाल ४१ रुपैयाँ ८६ पैसा र युएई दिराम ४१ रुपैयाँ ५५ पैसाको खरिददर तोकिएको छ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ ९० पैसा, मलेसियन रिङ्गेट ३७ रुपैयाँ ४९ पैसा र दक्षिण कोरियाली वन १०० को खरिददर ११ रुपैयाँ ३७ पैसा कायम गरिएको छ। कुवेती दिनार एकको खरिददर ४९७ रुपैयाँ ६० पैसा, बहराइन दिनार ४०४ रुपैयाँ ७२ पैसा र ओमनी रियाल ३९६ रुपैयाँ ३३ पैसा रहेको छ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ। राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने दर भने फरक हुन सक्ने जनाइएको छ।






