सामाजिक सञ्जालमा घृणा फैलाएको आरोपमा जनक परियार पक्राउ

1200x150_1200x150-01.jpg (1)

पर्सा , भदौ २८ –

विपद्को समयमा खोज, उद्धार तथा व्यवस्थापनमा खटिएका सुरक्षा निकाय र राष्ट्रसेवकविरुद्ध सामाजिक सञ्जालमा घृणा तथा द्वेष फैलाउने सामग्री प्रकाशन गरेको आरोपमा जनक परियार पक्राउ परेका छन्।

रुकुम पश्चिमको आठविसकोट नगरपालिका–१२ घर भई काठमाडौंको टोखा–८ बानियाटार बस्दै आएका २७ वर्षीय परियारलाई काठमाडौं महानगरपालिका–३१ अनामनगरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

सामाजिक सञ्जालमार्फत सुरक्षा निकाय तथा राष्ट्रसेवकप्रति घृणा तथा द्वेष फैलाएर नागरिक र सुरक्षा निकायबीचको सम्बन्धमा खलल पुर्‍याएको आरोपमा उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिम अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसअघि पनि परियारले सामाजिक सञ्जालमा गलत सूचना, अफवाह तथा धार्मिक घृणा–द्वेषपूर्ण अभिव्यक्ति दिएको र पक्राउ परी छुटेको विषयमा समेत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित पोस्टहरुः