मधेसका स्थानीय तहमा भ्रष्टाचार भयावह छ : सांसद पन्त

1200x150_1200x150-01.jpg (1)

वीरगंज , भदौ ३० –

पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य हरि पन्तले मधेस प्रदेशका स्थानीय तहमा भ्रष्टाचार र अनियमितता भयावह रूपमा बढेको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा सांसद पन्तले जनप्रतिनिधि र कर्मचारीको भागबण्डाका कारण कतिपय पालिका ऋणमा डुबेको तथा कर्मचारीको तलब र उपदानसमेत दिन नसक्ने अवस्थामा पुगेको बताए ।

कतिपय स्थानीय तहमा भागबण्डा नमिल्दा चालु आर्थिक वर्षको बजेट ल्याउन नसकेको र बजेट पारित भएका पालिकामा समेत खाता सञ्चालन हुन नसकेको उनले बताए । करार कर्मचारी नियुक्तिदेखि ठेक्कापट्टासम्म पार्टी, नातागोता र व्यक्तिगत सम्बन्धका आधारमा हुने गरेको उनको आरोप छ ।

स्थानीय तहविरुद्ध अख्तियारमा कुल उजुरीको ५२ प्रतिशत पर्ने गरेको उल्लेख गर्दै पन्तले अख्तियारलाई सक्षम र निष्पक्ष बनाउन खुला प्रतिस्पर्धाबाट जनशक्ति नियुक्त गर्ने व्यवस्था गर्न सरकारसँग माग गरे ।

उनले राम्रो काम गर्ने पालिकालाई पुरस्कृत र भ्रष्टाचारमा संलग्न पालिकाको आवश्यक परे अनुदान रोक्नेसम्मको कडा कार्यविधि बनाउनसमेत सरकारलाई आग्रह गरेका छन् ।

सम्बन्धित पोस्टहरुः