१४ सहसचिवको सरुवा, अख्तियारका अधिकारीसहित चार जना अतिरिक्त समूहमा

1200x150_1200x150-01.jpg (1)

पर्सा , भदौ ३१ —

सरकारले १४ जना सहसचिवको सरुवा गरेको छ। मन्त्रिपरिषद्को भदौ २५ गते बसेको बैठकले गरेको निर्णयअनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका गोविन्दप्रसाद अधिकारीसहित चार जना सहसचिवलाई अतिरिक्त समूहमा राखिएको छ।

अधिकारीसहित गृह मन्त्रालय मातहतका डा. पुष्पराज शाही, भूपेन्द्र थापा र चिरञ्जिवी पौडेललाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरी अतिरिक्त समूहमा राखिएको हो।

गृह प्रशासनबाट बद्रिनाथ गैह्रे पनि बाहिरिएका छन्। उनलाई पूर्वाधार विकास मन्त्रालयमा सरुवा गरिएको छ। यस्तै, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एकदेव अधिकारी र उद्योग मन्त्रालयका मोतीराम सापकोटालाई गृह मन्त्रालयमा सरुवा गरिएको छ।

नारायणप्रसाद रिसाल कोशी प्रदेशबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आएका छन् भने पूर्वाधार विकास मन्त्रालयका बलराज रिज्याललाई सुदूरपश्चिम प्रदेशमा सरुवा गरिएको छ।

सरुवा भएका सहसचिवहरूको सूची संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार सार्वजनिक गरेको छ।

सम्बन्धित पोस्टहरुः